महिला छात्रावासमा पुरुष कुरुवा
कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेझैं बागलुङ जिल्लाकै सबैभन्दा पुरानो सामुदायिक विद्यामन्दिर माध्यमिक शिक्षिका गंगा गौतमलाई जिम्मेवारी तोकिएको छ । तर, उनको बदलामा लेखापाल धर्मराज शर्मा र श्रीमती सुत्न थालेको वर्षांै बितिसक्यो, यो बेथितिबारे एकजना पनि शिक्षक÷शिक्षिका एक शब्द बोल्दैनन्, कारण अहिले नेकपाको जगजगी छ । विद्यालयमा अधिकांश शिक्षक नेकपा नजिकका होस्टेल इन्चार्जको जिम्मेवारी लिनेछन्, भत्ता पनि खाने, सुत्न भने आफ्नो सुविधासम्पन्न घरमा जाने भएपछि विद्यार्थी दिनहुँ जोखिममा छन् ।
छात्रावासको जिम्मेवारी महिलाले लिएर पुरुषलाई काम भिडाउन मिल्ने भए किन महिलालाई इन्चार्ज बनाउने ? यस्तो बेथिति चलिरहँदा पनि सरोकारवाला निकाय चुपचाप बस्नुको रहस्य के हो ? केही घटना भइहाल्यो भने त्यसको जिम्मेवारी कसले बोक्छ ? शिक्षा मन्त्रालयअन्तर्गत २१ जिल्लामा रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा विपन्न छात्राका लागि पढाइ सहज होस् भनेर बनाइएको छात्रावासको बेथितिलाई समयमै रोक्न सकिएन भने भोलि हुने दुर्घटनालाई कसैले रोक्न सक्ने देखिँदैन ।
टिप्पणीहरू