उम्कनलाई ठाउँ छैन
ललिता निवासजस्ता ठूला काण्डले साना काण्ड छोपिन्छन् । तर, अख्तियारचाहिँ साना–ठूला सबैखाले काण्डमा उत्तिकै सक्रिय भएको पाइन्छ ।
नक्सालस्थित नेपाल बाल संगठन (बाल मन्दिर) लाई दिइएको सरकारी जमिन लामो समयदेखि वृहस्पति विद्या सदनले भोगचलन गर्दै आएको छ ।
रकारले बाल संगठनलाई उपलब्ध गराएको २८ रोपनी, पाँच आना एक पैसा क्षेत्रफल रहेको जमिन उक्त विद्यालयलाई उपयोग गर्न दिने सम्झौतामा कैफियत देखिएपछि अख्तियारले उपसचिव नवराज आचार्यलाई जिम्मेवारी तोकेर अनुसन्धान अगाडि बढाएको हो ।
त्यस्तै, दोहोरो नागरिकता र नक्कली शैक्षिक प्रमाणपत्रको मामिलाले अहिले महŒवपूर्ण पदीय जिम्मेवारी वहन गरिरहेका दुई व्यक्ति झण्झटमा परेका छन् । यसरी दोहोरो नागरिकता लिने पात्र हुन् समाज कल्याण परिषद्का कामु निर्देशक शिवबहादुर बस्नेत । उपसचिव सुशीला अधिकारीले यससम्बन्धी अनुसन्धानको जिम्मेवारी सम्हालेकी हुन् । अर्थ मन्त्रालयको उजुरीमा विशालबजार कम्पनी लिमिटेडका वरिष्ठ सहायक पशुपति सापकोटाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरीमाथि पनि छानवीन शुरु भएको छ ।
टिप्पणीहरू