​बयालिस समातिएपछिको बयान

पार्टी गतिविधि अराजक र विध्वंसात्मक भएपछि सरकारले प्रतिबन्ध लगाएको नेकपा माओवादी विप्लव समूहमा एकपछि अर्काे संकट थपिएको छ । नेता–कार्यकर्ता केही पक्राउ र केहीले छाडेपछि पार्टी गतिविधि निष्क्रिय छ । छुटेकाहरू नेकपामा प्रवेश गर्दैछन् । केहीचाहिँ प्रवेश गरे पनि भित्रभित्रै विप्लव समूहकै काममा सक्रिय छन् । तिनीहरू नेकपाकै पत्र बोकेर होटलमा चन्दा माग्दै दौडन थालेका छन् । प्रहरीले सिसिक्यामेराबाट पहिचान गरे पनि पक्रन सकेको छैन । 

विप्लव समूहका ४२ जना नेतालाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको छ । पार्टी छाड्ने १० जनामध्ये पनौतीका सुन्दर रायमाझी, पनौती–६ का नकुल परियार, पनौती–४ का अनिल रायमाझी र पाँचखाल–८ का नरेन्द्र तामाङ नेकपामा छन् । प्रहरीले ०७२/७३ मा ५ जना, ०७३/७४ मा ५ जना, ०७४/७५ मा १३, ०७५/७६ मा ९ जना, ललितपुरमा बुझाइएका ९ समेत गरी ४२ जना समातिएको एसपी जयराज सापकोटाले बताए । 
जमिनले छाडे

विप्लव समूहका रामेछाप जिल्ला इञ्चार्ज यादव ढुंगेल ‘जमिन’ ले पार्टी परित्याग गरेसँगै प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । चौरीदेउराली गाउँपालिका माझिफेदा घर भएका यादव ०५७ सालदेखि भूमिगत भएका थिए । 

– मोतीराम तिमल्सिना

टिप्पणीहरू