​चाइनिजले केटी ओसार्ने धन्दा यसरी चलाए

भाद्र ९ गते बेंसीशहर मनाङे चौतारास्थित इन्द्रमाया गुरुङको सुशान्त खाजा घरमा सानैदेखि काम गर्दै आएकी दोर्दी गाउँपालिका–७ की सुष्मिता बिक जिल्ला प्रशासन कार्यालय लमजुङमा पासपोर्टको लागि निवेदन लिएर पुगिन् । साथमा थिए अधबैंसे पुरुष । सहायक प्रजिअ काजीमान सुनारले कहाँ जान लाग्नुभयो भनेपछि उनले बिना हिच्किचाहट चाइनिज युवकसँग बिहे गरेर जान लागेको कुरा खोलिन् । सहायक सिडिओलाई शंका लागेर सँगै आउने अधबैंसे को हुन् भनी सोधे । उनले आफूले जिल्ला प्रशासन कार्यालय नदेखेकाले उहाँलाई लिएर आएको बताइन् । नाता के पर्छ भन्ने प्रश्नमा ती अधबैंसे केही बोलेनन्, बरु सुष्मिताले नै केही नपर्ने बताइन् । न कुनै साइनो, न कुनै चिनजान कसरी पासपोर्ट बनाउन साथ लगाएर ल्याउनुभो ? पछि दुःख पाउन सक्नुहुन्छ है भनी सहायक सिडिओले सचेत गराए । ती अधबंैसे अरू कोही नभएर सिनो हाइड्रोमा कार्यरत मस्र्याङ्दी गाउँपालिकाका राजु क्षेत्री रहेछन् ।

सहायक सिडिओले त्यसरी ¥याख¥याख्ती पारेको साता नबित्दै मानव तस्करकै आरोपमा लमजुङ भुलभुलेकै पार्वती गुरुङ, अमृता गुरुङ, भरत तामाङ र गाउँशहरकी उषा घिमिरे पक्राउ परे । सानेपामा ब्युटी पार्लर सञ्चालन गरी बस्ने उषाकै माध्यमबाट लमजुङका विशेष गरी गरिब, दलित युवती चाइनिजसँग विवाह गर्ने नाममा बेचिँदा रहेछन् १०/१२ लाखमा । सुष्मितालाई आफूसँग विवाह गर्ने चाइनिजको वास्तविकता केही पनि थाहा छैन । जनआस्थाको फोन सम्पर्कमा आएकी उनले साहुनी इन्द्रमाया गुरुङले यो प्रस्ताव ल्याएको बताइन् । राजुले सिनो हाइड्रोमै काम गर्ने चाइनिजसँग सुष्मिताको बिहे गराइदिन लागेका रहेछन् । राजुले चाइनिजहरूकोमा भुस्याहा कुकुर मात्रै सर्भ गरेका रहेनछन्, आफ्नै एक बैनीलाई समेत बिहे गराइदिएका रहेछन् । 

केही वर्षअघि आफ्नो बाबुभन्दा जेठो कोरियनसँग बिबाह गरेर कोरिया पुगेकी सुन्दरबजार–९ बस्ने परियार थरकी २७ वर्षीया युवती अनेक गोता खाएर फर्केकी छन् । दुई बच्चा जन्माएर पनि कोरियनले रातदिन कुटपिट गर्न नछाडेपछि ज्यान जोगाउन भागेर आएको बताइन् । उनलाई आफ्नै मामाकी छोरीले उता पु¥याएकी हुन् । भोटेओडारकी ती युवतीकी मामाकी छोरी १० वर्षदेखि कोरियामै छन् । उनले पहिले नै दुई बच्चा भइसकेका बूढा कोरियनसँग बिहे गराइदिएकी थिइन् । भोटेओडारका मात्रै आधा दर्जनभन्दा बढी परियार युवती कोरियनसँग पुगेका छन् । जसको अवस्था निकै दर्दनाक भएको गत असारमा मात्रै नेपाल फर्केकी परियारले जानकारी गराइन् ।

– अञ्जानकुमार

टिप्पणीहरू