सेनाको श्रीमती अर्कैसँग सुइँकुच्चा
नेपाली सेनाको पूर्वीपृतना हेडक्वार्टर इटहरीमा कार्यरत सिपाही रमेश चौधरी श्रीमती शान्ति सेना पुगेर आउँदा अर्र्कैसँग हिँडेपछि विरक्तिएका छन् । तीन वर्षअघि उनीहरू वैवाहिक बन्धनमा बाँधिएका थिए । मिसनबाट फर्कने दिनसम्म म्यासेन्जरमा भिडियो कल गरेका उनले डेरामा श्रीमती नभेटेपछि आफन्त र घरमासमेत खोजी गरे । प्रहरीमा जाहेरी दिएको करिब डेढ महिनापछि दमकमा फेला परिन्, अर्कै केटासँग ।
कतारबाट ४ वर्ष पछि इटहरी आएका सोम राई (परिवर्तित नाम) को पनि व्यथा उस्तै छ । विदेश बस्दा कमाएको पैसा र सुन लिएर श्रीमती बेपत्ता भएपछि उनी समस्यामा परेका छन् । प्रहरीको महिला सेलमा प्रायः यस्तै प्रकृतिका जाहेरी बढ्दै गएको छ । ०७४/७५ मा मात्र इलाका प्रहरी कार्यालय इटहरीमा ३ सय ५३ वटा महिला तथा बालबालिका बेपत्तासम्बन्धी जाहेरी दर्ता भयो । जसमध्ये १ सय ९८ वटा महिला बेपत्तासम्बन्धी छन् । उनीहरू हराएको नभई अर्को पुरुषसँग गएका हुन् । महिला सेलकी सइ कृष्णकुमारी अधिकारीले भनिन्, ‘हामीसँग जति पनि जाहेरी आउँछन् अधिकांश श्रीमती बेपत्ता भएको भनेर आउँछन् ।’ उनले यसमा सबैभन्दा बढी विदेशबाट फर्किएका पुरुष पीडित हुने गरेको बताइन् ।
टिप्पणीहरू