​विप्लवतिरका बडीगार्ड नै बदमास

सशस्त्र गतिविधिमा लाग्दालाग्दै विप्लव नेकपाले आफ्ना कमजोरी आफैँ औँल्याएको छ । क्रान्तिको चापभित्र केही कमजोरी र समस्या आउनु स्वभाविक भए पनि अलि बढी नै आन्दोलनलाई क्षति पु¥याउने खालका समस्याहरू देखापरेको उसले महसूस गरेको हो ।

पार्टीमाथि प्रतिबन्धपछि आकलन गरेभन्दा बढी आत्मसुरक्षावादी, आत्मसमर्पणवादी र पलायनवादी समस्याहरू देखापरेको उसको ठहर छ । कार्यकर्तादेखि आरबिएम (राज्य व्युरो सदस्य), सिसिएम (केन्द्रीय सदस्य) र पिबिएम (पोलिट्व्युरो) सम्ममा यी प्रवृति देखिएको उसैले स्वीकारेको छ । राजनीतिक दस्तावेजमा भनिएको छ, ‘कमरेड सुदर्शन (हेमन्तप्रकाश ओली) लाई गिरफ्तार गराउन उहाँकै सुरक्षा स्टाफ आशिषले प्रहरीलाई सेल्टरसम्म पु¥यायो । उहाँसँग गिरफ्तार भएका रौतहट जिल्ला इञ्चार्ज शंकर अधिकारी र कमाण्डर राजिव आत्मसर्पण गरेर हिरासतबाट निस्किए । त्यसपछि एक बर्षदेखि पार्टी जिम्मेवारीमा नखटेका र पार्टी नीतिविपरीत बोलेको कारण निलम्बनमा परेका पिबिएम पदम राई सरकारी पार्टीमा छिर्न पुगे । जेलमा परेका बेला पूर्वपिबिएम जीवन्तमा पनि यो समस्या दोहोरियो ।’

प्रतिबन्धपछि पार्टी पंक्तिमा निकै नै कार्यशैलीगत कमजोरीहरू देखिएको, जिम्मेवारीअनुरूप आचरण नगर्ने, शान्तिकालकै जसरी हल्काफुल्का तरिकाले काम गर्ने, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर माथिल्लो समितिलाई जानकारी नदिई अनावश्यक सम्बन्ध राख्ने, गाडीहरूको प्रयोगमा ध्यान नदिने, रुट सेल्टरको प्रयोगमा लापरवाही गर्ने, कार्यक्रमहरू गर्दा अव्यवस्थित र बिनासुरक्षा बस्ने, विरोधीहरूसँगका भेटघाटलाई सस्तो बनाउने, फोनको प्रयोगमा कमजोरी गर्नेजस्ता समस्याहरू केन्द्रीय सदस्यदेखि जिल्लासम्मका नेतामा देखिएको कुरा विप्लवद्वारा आठौं पूर्ण बैठकमा प्रस्तुत दस्तावेजमै उल्लेख छ । भनिएको छ, ‘प्रतिबन्धपछि आर्थिक क्षेत्रमा पैसा असुली गर्ने, हिसाव पारदशी नगर्ने, जथाभावी खर्च गर्ने, एकअर्कोलाई आरोप–प्रत्यारोप गर्ने समस्याहरू पनि देखिएका छन् ।’ देशैभरि लगातार परिपत्र र निर्देशन जारी गर्दा पनि यसमा संवेदनशील नबन्ने समस्या आइरहेको छ । महासचिव विप्लव भन्छन्, ‘यसैको परिणाम हालसम्म पाँच जना केन्द्रीय सदस्य र तीन दर्जन वरिपरि जिल्ला इञ्चार्ज र सेक्रेटरीहरु राज्यको गिरफ्तारीमा परेको अवस्था छ ।’

विभिन्न कमजोरीका कारण ‘संगठनात्मक दृष्टिले असाधारण लाग्ने निर्णय’, अर्थात् १७ जना केन्द्रीय सदस्य हटाइएको कुरासमेत पार्टी शुद्दीकरणसम्बन्धी अवधारणाको बुँदा ६ ‘ख’ मा छ ।

पार्टी सञ्चालनका दुःखहरूलाई पनि विप्लवले औँल्याएका छन् । लेखिएको छ, ‘पार्टीलाई पैसा उठाइखाने, स–साना ग्रुपमा मात्र चलाउन खोज्ने, अराजक तरिकाले जाँड–रक्सी खाने, छाडा यौनसम्बन्ध राख्ने, पार्टीका सामाग्रीहरूको जथाभावी दुरूपयोग गर्ने, पार्टीको रकम फारोतिनो गर्नुको साटो जतिपनि खर्च गर्ने, पार्टीसँग पैसा जति पनि छ, माग्ने हो भन्ने सोच प्रदर्शन गर्ने प्रवृत्तिहरू देखिने गरेका छन् ।’

एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणलाई पनि विप्लव नेकपाले कुन बिन्दुमा पुगेर बिष्फोटक हुन्छ भन्ने निश्चित नभएको रुपमा विश्लेषण गरेको छ । उसले विभाजनपछि आ–आफ्नो महŒवाकांक्षा पूरा नहुने अवस्थामा भने उक्त गठबन्धनको स्थिति बाध्यात्मक हुने ठहर गरेको छ । भनिएको छ, ‘केपी सरकार र प्रचण्डहरुले क्रान्तिका विरुद्ध वार्ता र दमन, सर्वदलीय सहमति र फाँसिवादी दमनको सैन्य रणनीतिलाई अगाडि बढाएका छन् । यसलाई प्रतिरोध गर्न पार्टीले मुख्य निशानामा कठोरता र सहायक निशानाहरुमा लचकताको तरिकालाई प्रयोग गर्नुपर्छ । उसले वार्ताको हतियारद्वारा भ्रम दिन खोजेमा पार्टीले वार्ता र प्रतिरोधको नीतिलाई पनि कलात्मक एवं कूटनीतिक ढंगले प्रयोग गरेर जनतामा धु्रवीकरण ल्याउनु पर्दछ ।’

आर्थिक रुपमा विप्लव नेकपा पूरै संकटमा नभएको दस्तावेजमा उल्लेख छ । भनिएकै छ, ‘प्रतिबन्धपछि पैदा भएको प्रतिकूलतालाई विभागले मेहनत गरेर क्रमशः सकारात्मक परिणामतिर बढाएको छ । पर्याप्त संकलन नभएपनि सन्तोषजनक रुपले कामहरु भइरहेका छन् । पार्टी आर्थिकरुपले पुरै संकटमा छैन ।’ चार महिने आर्थिक अभियानलाई प्रभावकारी बनाउन अभियानको अवधिभित्र सबै पार्टी कमिटी, जवस र मोर्चाहरु सक्रियतापूर्वक आ–आफ्नो तोकिएका क्षेत्रमा सक्रिय हुन निर्देशन जारी भएको छ । अभियानको समापनपछि आर्थिक संकलन एक बर्षका लागि रोक्ने योजना छ । पार्टीका नामबाट पैसा उठाउने, तर निजी या केही ग्रुप मिलेर जथाभावी खर्च गर्ने तरिकाहरुलाई पुरै रोक्ने संकल्प गरिएको छ । भनिएको छ, ‘आर्थिक अनुशासन उल्लंघन गर्नेमाथि तुरुन्तै कारवाही चलाउनुपर्छ ।’ 

टिप्पणीहरू