विदेशको वैंशले जिन्दगी बेकार
काठमाडौं विश्वविद्यालयमा स्थापित कन्फ्युसियस इन्स्टिच्युट र चिनियाँ दूतावासको सक्रियतामा यतिबेला थुप्रै नेपाली विद्यार्थी चीनमा अध्ययनरत छन् । एकवर्षे भाषाको आधारभूत ज्ञान र बाँकी चार वर्ष भाषा शिक्षण कार्यक्रममा स्नातक गरेपछि कन्फ्युसियस हेडक्वार्टरले नेपालमा भाषा शिक्षकको काम दिने भनेको छ । नेपालमा प्लसटु गरेका विद्यार्थीको लागि यो निकै आकर्षक प्याकेज हो । यस कार्यक्रममा अहिले पाँच सयजति हाम्रा विद्यार्थी संलग्न छन् ।
चीनमा बस्न र अध्ययन गर्न निःशुल्क व्यवस्थासहित मासिक २५ सय युआनको छात्रवृत्ति पनि कन्फ्युसियस हेडक्वार्टरले दिने गरेको छ । खानका लागि एक हजार युआन खर्च गरेर मासिक १५ सय बचत हुन्छ । यो भनेको २५ हजार रुपैयाँ बराबर हो । पढ्न पाइने र मासिक २५ हजार नेपाली रुपैयाँको तलब बराबर जोगिने अनि हरेक वर्ष नेपाल आउजाउ गर्नका लागि निःशुल्क टिकट । तर, के गर्नु जस्तोसुकै सुविधा र आकर्षण भए पनि मति बिग्रँदा एकजना छात्रा यतिबेला घर न घाटको अवस्थामा पुगेकी छन् ।
चितवन माइती भई धादिङको गल्छीमा बिहे गरेकी २३ वर्षीया रमिता (नाम परिवर्तन) महर्जनले साँच्चै रमिता देखाएकी हुन् । चार वर्षअगाडि आकर्षक छात्रवृत्तिअन्तर्गत बेइजिङ नर्मल युनिभर्सिटीमा स्नातक गर्न गएकी थिइन् । चीन जानुभन्दा केही अगाडि मात्र बिहे भएको थियो । नन्द पनि सँगै अध्ययन गर्न गइन् । १९ वर्षको उमेरमै बिहे गरेर चीन गएकी उनलाई पढाइभन्दा शारीरिक आवश्यकताले सताउन थाल्यो । पहिलो दुई वर्ष जसोतसो पढिन् । तर, त्यसपछि विभिन्न मुलुकका केटालाई पार्टनर बनाएर आफू बसेको छात्रावासमा ल्याउन थालिन् । बस्न त नन्दसँग बस्थिन् । तर नन्द नियमित पढ्न कक्षामा जान्थिन् । रमिता भने कहिले पेट दुखेको बहानामा त कहिले टाउको दुखेको निहुँ पारी कोठामै बसिरहन्थिन् । नन्द गएपछि सुटुक्क केटाहरू बोलाउने गर्थिन् । केटा साथीहरू हरेक साता जसो परिवर्तन भइरहन्थे । नन्दले केही सुइँको पाए पनि भाउजूलाई सोध्ने आँट गर्न सकिनन् । गत जुन महिनामा विश्वविद्यालयको परीक्षा हुनुभन्दा केही अगाडि रमिता छात्रावासबाट गायब भइन् । मोबाइल फोन पनि स्विचअफ थियो । मान्छे बेपत्ता भएपछि नन्द र नेपाली साथीहरूले प्रहरीकहाँ रिपोर्ट गर्ने सोचाइ बनाउँदै गर्दा वीच्याट सम्पर्कमा आइन् । केटा साथीसँग हिँडेको भन्दै आफूलाई नखोज्न र प्रहरीलाई पनि खबर नगर्न भनिन् ।
जुलाईको अन्ततिर नन्द र अन्य साथीहरू वार्षिक बिदामा नेपाल आए । नन्दले भाउजू अर्कैसँग हिँडेको सुनाइन् । घरमा ठूलो आश्चर्य फैलियो । किनभने श्रीमान्् तथा घर परिवारसँग राम्रो सम्बन्ध थियो । केही दिनपछि रमिता पनि काठमाडौंमा देखिइन् । उनले श्रीमान््लाई फोन गरेर आफू काठमाडौं आएको जानकारी दिइन् । रमिता नर्वेका एक २२ वर्षे युवासँग बेइजिङबाट आइपुगेकी थिइन् । ती युवा एक वर्षका लागि चिनियाँ भाषा पढ्न बेइजिङ आएकोमा उसैसँग सोझै नर्वे जाने सोचाइ बनाएकी रहिछन् । उनी नेपाली दूतावासमा श्रीमान््सँग सम्बन्धविच्छेद गर्न मिल्छ कि भनेर पनि सोध्न गइन् । त्यताबाट सम्बन्धविच्छेद गर्न नमिलेपछि काठमाडौं आएकी हुन् ।
उनले काठमाडौं आएर सहमतिमै सम्बन्धविच्छेद गरिन् । यसो गर्दा अंशवापत केही पनि नलिने बताइन् । नर्वे जाने सपनामा वकिलको खर्च ८० हजार रुपैयाँ पनि आफैँ व्यहोरिन् । कागजपत्र मिलाउन थाल्दा अर्को टण्टा देखियो । उनले बिहे गरेपछि मात्र नागरिकता बनाएकी थिइन् । जसमा पतिको नाम उल्लेख थियो । त्यसकै आधारमा पासपोर्ट पनि बनाएकी थिइन् । प्रमाणपत्रमा एउटा र नागरिकतामा अर्कै अनि त्यही नागरिकताअनुसारको नाम पासपोर्टमा भएपछि रमिता नर्वे जानबाट वञ्चित भइन् । केटासाथी भने नर्वे फर्किसकेको छ । सम्बन्धविच्छेद गरेकोमा माइती पक्षले पनि राम्रो मानेका छैनन् । उनी चितवन बस्न नसकेर पूर्वपतिको घर गल्छीकै छेउ बैरेनीमा रहेकी फुपूको घरमा बस्दै आएकी छन् । पूर्वपतिले दसैंलगत्तै अर्को बिहे गरिसकेका छन् । रमिता भने हिजोआज वीच्याटमा आफ्ना नर्वेजियन केटा साथीसँग चुम्मा गरेको र अँगालो हालेको प्रोफाइल पिक्चर फेर्दै रमिता देखाएर बसेकी छन् ।
टिप्पणीहरू