प्रत्येकमा कतिको पालो
दुई देशीय हितमात्रै होइन, दलीय भाइचारालाई पनि सुदृढ पार्दै चीन नेपालसँग हातेमालो गर्न तयार भएको उदाहरणस्वरूप नेकपा अध्यक्ष प्रचण्ड नेतृत्वका ६० सदस्यीय नेपाली टोली अर्को हप्ता चीन जाँदैछ ।
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सु्धार हुनेबित्तिकै पार्टीका केन्द्रीय सदस्यहरूको नेतृत्व गर्दै अर्का अध्यक्ष प्रचण्ड डिसेम्बर १०, अर्थात् आउँदो मंसिर २६ गते मंगलबार तिब्बत र छङ्तु जान लाग्नुभएको हो । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणपूर्व चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओसँग भएको सहमतिबमोजिम अब नेकपाको सिंगै केन्द्रीय कमिटीले (चार सय ४५ जना) पालैपालो चीन टेक्ने छन् । अबको दुई वर्षभित्र नेकपाका सबै केन्द्रीय नेताले चीनमा पाइला टेकिसक्ने छन् ।
यसअघि माओवादी र एमालेका दुई–दुई टीमलाई बर्षेनी १५–१५ जना का दरले उत्तरबाट बोलाउने गरिएको थियो । तर, अब भने त्यो संख्या बढाएर ६ वटा टीम र हरेक टोली ३० सदस्यीय हुने व्यवस्था मिलाइएको छ ।
टिप्पणीहरू