विदेशी बालिका झण्डै बलात्कृत

भ्रमण वर्ष २०२० मुखैमा छ । नेपाल आकर्षक र सुरक्षित गन्तव्य भनी विश्वव्यापी प्रचार छ । तर, यहीँ घुम्न आएकी १२ वर्षीया विदेशी बालिका बलात्कार प्रयासमा परेकी छन् । सत्तारुढ नेकपाकै जनप्रतिनिधिका नातेदार अभियोग लागेर प्रहरी हिरासतमा पुगेका छन् ।
 
मंसिर २८ गते शनिबार लाङटाङको दृश्य हेर्न रसुवा पुगेको बेला एक अष्ट्रेलियन बालिकामाथि यौनजन्य कसुर गरेको आरोप लागेपछि पीडितका अभिभावक महानगरीय प्रहरीमा पुगेका थिए । ट्रेकिङ गाइडको रुपमा काम गर्ने भनी परिचय दिएका २९ वर्षीय सुनील पौडेललाई प्रहरीले काठमाडौंबाट पक्राउ ग¥यो । सोध्दा उनले करणी प्रयास अस्वीकार गरेका छन् । तर, पीडितका आफन्तहरुको दावी छ, ‘प्रयासमात्रै हैन, समयमा हामीले नदेखेको भए यसले करणी नै गर्ने स्थिति थियो ।’ एक रिसोर्टमा बसेका बेला सुनिलले बालिकालाई घुम्न जाऔँ भनेका थिए । बालिकाले बाबुआमासँग पनि चिनजान भएको केटाले घुमाउँछु भनेपछि उनले राम्रै मनशाय होला भन्ठानिन् । तर, ५ बजे साँझ खस्नै लाग्दा सुनिलले केही पर पुगेपछि अँगालो मार्दै स्तनतिर हात लम्काए । अश्लील शब्दको प्रयोसहित बालिका चिच्याइन्, भागेर अभिभावकसमक्ष आइपुगिन् । कालिका गाउँपालिका–२ का कालिकास्थानका सुनिल काठमाडौंबाट पक्राउ परेपछि अस्ति रसुवा चलान गरिएका छन् । 

उनलाई  म्याद थपेर कारवाही अगाडि बढाइएको त्यहाँका डिएसपी भाग्येन्द्रपुरुष ढकालले बताए । सुनिल कालिका गाउँपालिका अध्यक्ष सीता पौडेल (अधिकारी) का भाइ हुन् । घटना मिलाउन अध्यक्ष सीता आफैँ सक्रिय भइन् । माथिल्लो तहका नेतासमेत प्रयोग गरेर भाइ जोगाउने सीताको प्रयास असफल भएको छ । करणी मुद्दा, त्यसमाथि विदेशी पीडित भएपछि उनीमाथिको कारवाही अगाडि बढाउनुको विकल्प नभएको रसुवा प्रहरीले जनाएको छ ।

टिप्पणीहरू