बेहुला नै क¥यापझ्याप
भोलिपल्ट आफ्नो बिहे हो भन्ने जान्दाजान्दै लागुऔषध ओसार्न जाँदा समातिएका धरान उपमहानगर बस्ने केटालाई मोरङका एसपी विश्व अधिकारीले बिहे गराइदिएका छन् ।
सुनसरीको धरान उपमहानगर–१५ बस्ने २१ वर्षीय विश्वकर्मा थरका एक युवक विवाहको अघिल्लो दिन २८ मंसिरमा लागुऔषध ल्याउँदाल्याउँदै पक्राउ परेपछि तोकिएको विवाह तोडिन नदिन अभिभावकले अनुनय–विनय गरेसँगै एसपी अधिकारीले जोडी बाँधिदिएका हुन् ।
बिहान बेहुली लिन धनकुटा जानुपर्ने बेहुला हराएपछि हल्लीखल्ली मच्चियो । लागुऔषध केसमा इलाका प्रहरी रानी विराटनगरको हिरासतमा रहेको पत्ता लागेपछि जन्ती त्यतै लागे । इन्स्पेक्टर दीपक थापाले बिन्ती सुनेपछि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरीमा पठाइदिए ।
सपीले लागुऔषध इकाइ हेर्ने डिआइजीलाई घटनाबारे जानकारी गराए । डिआइजीले ‘हुँदैन, अपराध गर्नेलाई बिहे गर्न पठाउन हुँँदैन, भागेमा को जिम्मेवार हुने’ भन्ने उत्तर दिए । तर, केटाकेटीबीच प्रेम रहेको, बिहे नभए बेहुलीको जीवन बर्बाद हुने, दुवैतर्फ धनमाल पनि नाश हुने भन्दै कराएपछि एसपी अधिकारीले मानवीय संवेदनालाई ख्याल गर्दै दुई जवानको निगरानीमा बेहुलालाई हाजिरी जमानीमा धनकुटा पु¥याएर बिहे गराइदिएका हुन् ।
टिप्पणीहरू