कांग्रेसका सभापति सोलुखुम्बुमा समातिए

कांग्रेसका सभापति सोलुखुम्बुमा समातिए

नेपाली कांग्रेस थुलुङ गाउँपालिका- ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् ।

काठमाडौँ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको हो । हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राई पक्राउ परेका हुन् ।

हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार कसूरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

टिप्पणीहरू