गृहजिल्लामा परराष्ट्रमन्त्रीलाई एमाले कार्यकर्ताको कालो झण्डा

गृहजिल्लामा परराष्ट्रमन्त्रीलाई एमाले कार्यकर्ताको कालो झण्डा

नेकपा एमालेका कार्यकर्ताहरुले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई कालो झण्डा देखाएका छन् । गृहजिल्ला उदयपुर पुग्नुभएका मन्त्री खड्कालाई अनेरास्ववियुका विद्यार्थीहरूले आज बिहान कालो झण्डा देखाएका हुन् ।

कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

परराष्ट्रमन्त्री डा. खड्का त्रियुगा नगरपालिका-८ स्थित अम्बेरसिंह जनता माध्यामिक विद्यालय राजावासका बालबालिकाहरुलाई न्यानो कपडा र त्रियुगा नगरपालिका-९ स्थित सरस्वती गाउँमा ७२ घर परिवारमा जडान गरिएको विद्युत् उद्घाटन गर्न जाने क्रममा अखिलका कार्यकर्ताले कालो झण्डा देखाएका थिए ।

टिप्पणीहरू