बालिका करणी गर्ने ५३ वर्षे चौधरी समातिए
मोरङमा बालिकामाथि जबरजस्ती करणी गर्ने एक पुरुष समातिएका छन् । सुन्दरहरैँचा नगरपालिका ५ की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका रामदेव चौधरीलाई प्रहरीले समातेको हो ।
पक्राउ परेका ५३ वर्षीय चौधरी सोही नगरपालिकाको बाँसबारी निवासी भएको प्रहरीले बताएको छ । उनले बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर जबरजस्ती करणी गरेका थिए ।
चौधरीले जबरजस्ती करणी गरेको सूचना पाए लगत्तै गछियाबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो साँझ पक्राउ गरेको हो ।
टिप्पणीहरू