च्यासल र पुलिस क्लबबीचको खेल फेरि रोकियो

च्यासल र पुलिस क्लबबीचको खेल फेरि रोकियो

भोलि हुने भनिएको सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत नेपाल पुलिस र च्यासल युथ क्लबबीचको खेल पुनः रोकिएको छ । वर्षाका कारण दशरथ रंगशालाको मैदान खराब भएकाले खेलतालिका परिवर्तन गरिएको हो । अब अर्को खेल आगामी बुधवार दिउँसो १ बजे हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

१० औं राउण्डका खेलहरु फेब्रुअरी ११ बाट सुरु हुनेछन् । १० औं राउण्डको खेल तालिका छिट्टै सार्वजनिक गरिने बताइएको छ । यसअघि खेलाडीमा कोभिड–१९ संक्रमण देखिएपछि खेल स्थगित भएको थियो ।

टिप्पणीहरू