अस्पतालको लुगाधुने मेशिनमा आगलागी
काठमाडौंको गोकर्णेश्वर ६, नारायणटारस्थित अपाङ्ग अस्पतालका दुई वटा ठूला लुगाधुने मेशिन आगलागीका कारण नष्ट भएका छन् । हिजो राति भएको आगलागीमा ती मेशिन ध्वस्त भएका हुन् ।
प्रहरीका अनुसार विद्युत सर्ट भएपछि कपडा धुने मेसिनमा आगलागी भएको हो । अस्पताल स्रोतले उक्त मेशिन जलेका कारण अस्पतालको ६० लाख रुपैयाँको क्षति भएको जानकारी दिएको छ ।
आगलागीबाट मानवीय क्षति भने भएको छैन । जुद्ध बारुण यन्त्रका दमकलले आगलागी नियन्त्रणमा लिएका थिए ।
टिप्पणीहरू