महिलाको डेरामा यति धेरै लागूऔषध
मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ बस्तीपुरमा डेरा बस्ने एक महिलाबाट ठूलो परिमाणको लागूऔषध बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिशेष सूचनाका आधारमा छापा मारेर बकैया गाउँपालिका ४ छतिवन भई बस्तीपुरमा डेरामा बस्दै आइरहेकी २९ बर्षीया नानीमाया खत्रीलाई नियन्त्रणमा लिएको हो ।
उनको डेराबाट लागु औषध डाइजेपाम २८० एम्पुल,फेनार्गन २६८ एम्पुल र नुर्फिन २५० एम्पुल गरी जम्मा ७९८ एम्पुल लागूऔषध फेला पारिएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनु भयो ।
भारतको सीमाना पुगेर लागूऔषध खरिद गर्ने र हेटौँडा हुँदै देशका विभिन्न शहरहरुमा पठाउने र युवाहरुलाई बिक्री बितरण गर्ने गरेका पछिल्ला केही घटना सार्वजनिक हुँदै आएका छन् ।
बागमती प्रदेशको राजधानी हेटौँडामा एकपछि अर्काे गर्दै खुलेका सुधार केन्द्रहरुले पनि युवाहरुमा लागूऔषधको लत बढेको बुझ्न सकिन्छ ।
टिप्पणीहरू