नेपालमा मात्रै होइन, भुटानमा पनि उस्तै
यो वर्षको हिउँदमा नेपालमा मात्रै होइन, भुटानमा पनि उस्तै हिउँ परेको छ । हिउँदे झरीका कारण नेपालका अधिकांश हिमाली र उच्च पहाडी भूभागमा यो वर्ष तीन पटक बाक्लो हिँउ परेको छ । राजधानी काठमाडौं वरिपरिका डाँडामा गत शुक्रबार र शनिबार धेरै वर्षपछि बाक्लो हिमपात भएको हो ।
उता भुटानमा पनि यो वर्ष निकै बाक्लो हिउँ परेको छ । राजधानी थिम्पु र अग्ला डाँडामा धेरै देखिने गरेको हिउँ यो वर्ष पारो विमानस्थल रहेको उपत्यकामा समेत निकै थुप्रिएको छ ।
राजधानी थिम्पुको उचाइ २ हजार ३ सय ३४ मिटर छ भने पारोको उचाइ २ हजार २ सय ३५ मिटर छ । लगातारको हिमपातको कारण थिम्पु र पारो वरपरका राजमार्गमा केही दिन सवारी साधन अवरुद्ध भएका थिए ।
टिप्पणीहरू