करेन्ट लगेर र नालामा डुबेर झापाका दुई बिते

करेन्ट लगेर र नालामा डुबेर झापाका दुई बिते

झापामा आफ्नै घर नजिकै खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको निधन भएको छ । मेची नगरपालिका-१३ सुगम टोलमा बस्ने मानबहादुर बराइलीको हिजो करेन्ट लागेर मृत्यु भएको हो ।

घर नजिकै रहेको फुलबासा खोलामा आफ्नै घरबाट तार जोडेर माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले बताएको छ । करेन्ट लागेर घाइते भएका बराइलीलाई उपचारको लागि बिर्तामोड लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

त्यसैगरी, सडकको छेउमा रहेको नालीमा डुबेर एक बालकले ज्यान गुमाएका छन् । शिवसताक्षी नगरपालिका–१ म बस्ने टिकामाया श्रेष्ठको ३ बर्षीय छोरा आयुस श्रेष्ठको ज्यान गएको हो । हिजो बिहान घरबाट एक सय ५० मिटर उत्तरमा रहेको सडकको नालीमा डुबि रहेको अवस्थामा शव उनकै काका दिनेश श्रेष्ठले फेला पारेका थिए ।

उनलाई तत्कालै उपचारका निम्ति लाईफ–लाईन अस्पताल दमक लगिएको पनि चिकित्सकले मृत घोषित गरेका हुन् । दुवै घटनाबारे थप अनुसन्धान भईरहेको झापा प्रहरीको भनाइ छ ।

टिप्पणीहरू