एम्बुलेन्सको ठक्करबाट स्कुटी चालक ठहरै

एम्बुलेन्सको ठक्करबाट स्कुटी चालक ठहरै

सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–५ कि ३८ वर्षीया निर्मला उराव हुन् ।

हिजो बेलुकी प्रदेश २–०१–००१ झ ००२८ नम्बरको एम्बुलेन्सले उराव सवार प्रदेश १–०२–०४१ प २१५५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी निर्मलाको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने एम्बुुलेन्स र चालकलाई जिल्ला प्रहरी कार्यालय, सुनसरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिइएको छ ।

शहरी जनजीवन प्रभावित भएपछि सशस्त्र प्रहरीले सडकमा जमेको असिना पन्छाएर पैदल यात्रु र सवारी साधनलाई सहज वातावरण बनाएका थिए ।

टिप्पणीहरू