विप्लवहरुको सभाका लागि गण्डकीबाट दुई सय बस गुडे

विप्लवहरुको सभाका लागि गण्डकीबाट दुई सय बस गुडे

एमसीसीबिरुध्द देशव्यापी आन्दोलन गरिरहेको विप्लव नेतृत्वको नेकपासहितको वाममोर्चाले आज काठमाडौँमा ठूलो शक्ति प्रदर्शन गर्न लागेको छ । आज अपरान्ह खुलामञ्चमा जनसभा गर्न लागेको मोर्चाले गण्डकी प्रदेशबाट मात्रै हजारौँको संख्यामा कार्यकर्ता काठमाडौँ ओरालेको छ ।

गण्डकी प्रदेशको राजधानी पोखराबाट कार्यकर्ता भरेर हिजो दिउँसो छुटेका दुई सय वटा बस आज बिहान लस्करै काठमाडौँ आइपुगेको बताइएको छ । गण्डकीका साथै लुम्बिनी प्रदेशका बुटवल,दाङलगायतका जिल्लाबाट समेत कार्यकर्ताले भरिभराउ दर्जनौँ बस काठमाडौँ आइपुगेको मोर्चाले जनाएको छ ।

दिउँसो ३ बजे खुलामञ्चमा हुने जनसभामा नेकपाका महासचिव विप्लव,क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, मसालका महामन्त्री मोहनविक्रम सिंह,जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतले सम्बोधन गर्दैछन् । त्यसअघि उपत्यकाका विभिन्न ठाउँबाट जुलुससहित र्याली निकाल्ने तयारी छ ।

यसअघि पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल,माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, एमाले नेता डा. भीम रावलले समेत जनसभालाई सम्बोधन गर्ने भनिए पनि उहाँहरु भने कार्यक्रममा सहभागी नहुने बुझिएको छ ।

टिप्पणीहरू