महिला सौन्दर्यको यस्तोसम्म रहेछ मन्त्र
क्लियोपेट्रा, आजसम्मकै रहस्यमयी महिला । प्राचीन टोलेमी राज्यकी अन्तिम शासिका । इशापूर्व ५१ देखि ३० सम्म मिश्र (वर्तमान इजिप्ट) मा शासन गरेकी । उनी जति कामुक र सिन्दर थिइन् त्योभन्दा धेरै गुणा चतुर र क्रुर । इतिहासमा उनको सौन्दर्यबारे अनेकखाले किस्सा सुन्न पाइन्छ ।
आफ्नो सौन्दर्यलाई बिग्रन नदिन गधाको दूधमा मह र जौको तेल मिसाएर नुहाउँथिन् । यसका लागि दैनिक ७ सय गधाको दूध मगाइन्थ्यो । उनले सौन्दर्यलाई हतियार बनाएकी थिइन्, जसको निशाना राजा–महाराजा र सैन्य अधिकारीतर्फ सोझिएको हुन्थ्यो । भनिन्छ, त्यस समय संसारकै सबैभन्दा धनी र सुन्दर महिला उनै थिइन् । विषालु गोमन सर्पले आफ्नो स्तनमा टोकाएर आत्महत्या गरेकी उनी मर्दाखेरि मात्र ३९ वर्षकी थिइन् जबकि २१ वर्ष त शासन नै चलाइन् ।
क्लियोपेट्रा, टोलेमी (बाह्राँै) की छोरी । टोलेमी (बाह्रौं) ले मिश्रमा इशापूर्व ८० देखि ५८ र फेरि पछि इशापूर्व ५५ देखि ५१ सम्म शासन गरेका थिए । क्लियोपेट्राकी आमा क्लियोपेट्रा (पाँचौं) हुन् कि क्लियोपेट्रा (षष्टम) इतिहासकारले आजसम्म ठम्याउन सकेका छैनन्, किनभने प्राचीन मिश्रको टोलेमी राजवंशमा राजा बन्ने राजकुमारले आफ्नै दिदीबहिनीसंग बिहे गर्ने चलन थियो ।
यो प्रथा टोलेमी (द्वितीय)ले आफ्नै बहिनी आर्सिनोइ (द्वितीया) सँग बिहे गरी थालेका हुन् । उनी टोलेमी (प्रथम) उर्फ मेसेडोनियाका सैनिक जर्नेल अलेक्ज्याण्डर महानका पुत्र थिए । उनैले बुबा अलेक्ज्यान्डरको मृत्युपछि टोलेमी राज्य खडा गरेका हुन् ।
इशापूर्व ५१ मा टोलेमी (बाह्राँै) को निधन भयो । मृतक राजाको इच्छापत्रअनुसार गद्दीमा बस्ने अवसर क्लियोपेट्रा र उनका भाइ टोलेमी दियोनिससले प्राप्त गरे । त्यहाँ त्यतिबेलाको प्रथाअनुसार क्लियोपेट्राको बिहे भाइ दियोनिसससित हुने भयो तर उनले बिहे गर्न मानिनन् । नतिजा दिदी र भाइबीच शक्ति संघर्ष चर्कियो । उनी सिरियातर्फ भाग्न विवश भइन् ।
सोही समय रोमन सम्राट् जुलियस सिजर आफ्ना शत्रु पोम्पेको पिछा गर्दै मिश्र पुगे । क्लियोपेट्राको सुन्दरतामा मोहित भए । क्लियोपेट्राले प्रेमको जालमा फसाइसकेपछि सिजर उनलाई मिश्रको रानी बनाउन तयार बने । सिजरसितको युद्धमा डियोनिसस मारिए र क्लियोपेट्रालाई गद्दीमा बसाले । परम्पराअनुसार क्लियोपेट्राले अर्को भाइ टोलेमी (चौधौं) सित बिहे गरिन् । तर, केही समयपछि नै लोग्ने तथा भाइको हत्या गर्न लगाइन् ।
इतिहासकार क्लियोपेट्रालाई आजसम्मकै सबैभन्दा सन्दर युवती थिइन् भन्न रुचाउँछन् । हुन पनि उनले सुन्दरताकै मोहजालमा सयौँ शक्तिशाली पुरुषलाई फसाउन सफल भएकी थिइन् । शक्तिशाली पुरुषमध्ये रोमन सम्राटहरू जुलियस सिजर, उनका सेनापति मार्क एन्थोनी र एक्टोभियन तीनै जना उनको सुन्दरतामा पागल बनेका थिए । भनिन्छ, सिजरकी त उनी रखैल नै थिइन् ।
उनको तर्फबाट क्लियोपेट्राको एउटा छोरा पनि थियो भनिन्छ । एन्थोनीसँग त बिहे नै गरिन् । एन्थोनीको तर्फबाट तीन बच्चाको आमा बनिन् । पछि अर्का रोमन सम्राट् अक्टोभियनलाई पनि प्रेमजालमा फसाइन् र उनैसँग मिलेर एन्थोनीलाई धोका दिइन् । अक्टोभियनले एन्थोनीलाई क्लियोपेट्राले आत्महत्या गरेको झुटो सूचना दिए उक्त खबर एन्थोनीले सुन्नै सकेनन् र आत्महत्या गरे ।
क्लियोपेट्रा शक्तिशाली बन्न सक्नुको प्रमुख कारण भनेकै रुप र कुटिल चाल थियो । सुन्दरता बिग्रन नदिन र सधैं जवान देखिरहन दैनिक गधाको दूधले त नुहाउँथिन् नै अनुहारको छाला चाउरिन नदिन विशेषखालको सेतो माटोमा मह, दूध र कागतीको रस मिलाएर दल्ने गर्थिन् । त्यतिखेर मिश्रमा साबुन र स्याम्पु थिएन त्यसैले कुखुराको अण्डा, मह र बदामको तेल मिसाएर नुहाउने गर्थिन् ।
उनी आफ्नो हातलाई मुलायम बनाइराख्न खुब ध्यान दिन्थिन् र मह, कुखुराको बोसो, अरंडीको तेल, सिस्नु, केरा र सयपत्रीफूल मिसाएर क्रिम बनाई हातमा लगाउने गर्थिन् । अत्तर त थरीथरी प्रयोग गर्थिन् । कपाल सुन्दर बनाउन नरिवलको तेल र घ्युकुमारी प्रयोग गर्थिन् । शरीरको छाला नरम बनाइराख्न खनिज पदार्थयुक्त पानी भएको मृतसागरमा बेला–बेला नुहाउन जान्थिन् । स्तनको आकारलाई ठूलो बनाउन मेथीको बीजको चिया पिउँथिन् ।
विकसित र आधुनिक समाजका महिला शारीरिक सन्तुष्टि प्राप्त गर्न आजकल यौन – खेलौना भाइब्रेटर प्रयोग गर्न थालेका छन् । पुरुषसाथीबिना पनि यौन सन्तुष्टि लिन सकिने यो खेलौनाको विकास सन् १८७८ तिर फ्रान्समा भएएको मानिन्छ । तर, भाइब्रेटरको विकास नभैसकेको बेला पनि प्राचीन मिश्रमा क्लियोपेट्राले आत्मसन्तुष्टि लिन माहुरी प्रयोग गर्ने गरेको इतिहासकारको दाबी छ ।
उनीहरूका अनुसार उनको शयनकक्षमा एउटा बाकस सधैं हुन्थ्यो माहुरीले भरिएको । उनले माहुरीलाई यौनांगभित्र हुलेर यौन सन्तुष्टि लिने गर्थिन् । अर्थात् उनी माहुरीलाई भाइब्रेटरको रूपमा प्रयोग गर्थिन् । यद्यपि, हेलन किङ नामकी इतिहासकारले यो कुरोलाई अस्वीकार गरेकी छन् । उनका अनुसार मिश्रको राजदरबारमा त्यस्तो कुनै प्रमाण भेटिएको छैन ।
उत्तर–पश्चिम अफ्रिकी मुलुक मौरिटानिया निवासी तिज्जानिया मिन्ट १४ वर्षकी थिइन् । एकदिन आमाले भनिन्, यसपालिको स्कुल बिदामा तिमीलाई मरुभूमिमा पठाउन लागेकी छु । त्यहाँ तिम्रा स्कुले अन्य साथी पनि हुनेछन् मिठोमिठो भोजन पनि पाइनेछ । तिम्रो बिदा रमाइलोसँग बितोस् ।
तिज्जानियाले दंग पर्दै भनिन्, ‘बिदा मनाएर फर्कंदा म सुन्दर युवती भइसक्नेछु, होइन त ?’
१० दिनपछि अतार नगरकी तिज्जानिया सहारा मरुभूमि पुगिन् । त्यहाँ त्रिपाल टाँगेर क्याम्प खडा गरिएको रहेछ । क्याम्पमा उनीसहित ७ देखि १२ वर्ष उमेरका अन्य ६ जना किशोरी थिए । पुगेकै दिन उनीहरू सबै जनालाई पेट भरिने गरी बाख्राको दूध पिउन दिइयो । तेलमा पकाएको चिल्लो मासुको परिकार र अन्य खाने कुरासमेत दिइयो । त्यतिले पनि ख्वाउने क्रम रोकिएन ।
फेरि कोदोको रोटी खान दिइयो । तिज्जानियासामु खानुको विकल्प थिएन । उनीहरूको रेखदेखको लागि बसेकी ५० वर्षीया आइमाई अमिनेटु मिन्ट मोटी थिइन्, कडा स्वभावकी । जहिले पनि लाठी लिएर बस्थिन् र खान नमाने हप्काउँथिन्, लाठी र पाइपले पिटथिन् । खानेकुरा सबै खाएन वा जबर्जस्ती खाएको कारण बान्ता ग¥यो भने बान्ता गर्छ बान्ता उसैलाई खान दिन्थिन् ।
क्याम्प खडा गरी किशोरीलाई यसरी जबर्जस्ती खान लगाउनुको एउटै उद्देश्य हो – तिनको शरीर मोटाएर बेलुनजस्तो बनोस् । किनभने त्यहाँ मोटी युवतीलाई सुन्दर, आकर्षक र सेक्सी मान्ने चलन छ । पुरुषहरू बिहे गर्न दुलही छान्दा युवतीको शरीरको गोलाइ हेर्छन् । जति ठूलो गोलाइ भएकी पत्नी उति नै भाग्यमानी र इज्जतदार ठान्छन् । अर्थात् महिलाको मोटाइलाई त्यहाँ वैभवसँग दाँज्ने चलन छ ।
त्यसकारण किशोरावस्थामा पाइला टेक्नेबित्तिकै दैनिक १६ हजार क्यालोरी बराबरको खाना ख्वाउने गरिन्छ । यो भनेको एक जना भारत्तोलनको खेलाडीले खाने डाइटभन्दा ३ गुणा बढी हो । किशोरी यो क्याम्पमा ३ महिना बस्छन् । यहाँको बसाइका क्रममा दैनिक अण्डा, चिल्लो खानेकुरा, बाख्रा र ऊँटको दूध, खसीको मासु, खिर, बदामको तेल, खसी बोकाको बोसोको झोल आदि खानै पर्ने हुन्छ । खानुपर्ने र खान सक्नेभन्दा धेरै खाँदा कतिपय युवती बिरामी हुन्छन् भने कतिपयको त मृत्यु नै हुन्छ । तर, मौरिटानियाको सरकारले यो चलनमाथि कहिल्यै प्रतिबन्ध लगाएन ।
क्याम्पबाट फर्केपछि आमाबुबाले छोरीको लागि केटा खोज्न शुरू गर्छन् । छोरी बिहेको लागि योग्य बनेको ठान्छन् । यो मुलुकका प्राचीन बासिन्दा मूर आदिवासी जनजातिमा सानैमा छोरीको बिहे गरिदिने चलन छ । तिज्जानिया पनि ३ महिना आतारभन्दा १ सय ६५ माइल टाढाको सहारा मरूभूमिस्थित उक्त क्याम्पमा बसेर फर्कंदा २ सय पाउण्डको भइन् ।
जबकि उनको उचाइ ५ फुट ४ इञ्च मात्र थियो । उनको बिहे चाँडै भयो आफूभन्दा उमेरमा धेरै जेठो पुरुषसित । १६ वर्षको उमेर पुग्दानपुग्दै उनी दुई छोराको आमा बनिन् । भन्थिन्, ‘नगरका पुरुष मलाई यहाँको सबैभन्दा राम्री र सेक्सी महिला ठान्छन् । हुन पनि उनी मात्र होइन, उनको परिवारका सबै सदस्य यसैमा दंग छन् । मौरिटानियामा ४० प्रतिशत अश्वेत मुर बस्छन् ।
छोरीहरूलाई जवर्जस्ती धेरै खाना ख्वाएर मोटाउन लगाउने चलन मौरिटानियामा मात्र होइन, अफ्रिकी मुलुक नाइजर, युगाण्डा, सुडान, ट्युनिसिया, नाइजेरिया, केन्या र दक्षिण अफ्रिकामा पनि छ । हजारौं वर्षदेखि चल्दै आएको यो चलन आजपर्यन्त छ तर आजभोलि युवक मोटी युवती होइनन् पातलीलाई रुचाउन थालेकाले धेरैले यो चलनको बिरोध गर्न थालेका छन् । आजकल धेरैले यो प्रचलनलाई कुखुरा, बाख्राजस्ता पाल्तु जनावरलाई औषधि सेवन गराएर वा सुई लगाएर तौल बढाउने तरिकासित तुलना गर्न थालेका छन् ।
टिप्पणीहरू