इस्लाममा ७८६ को अर्थ
इस्लाम धर्मावलम्बीहरुले सबैभन्दा धेरै प्रयोग गर्ने संख्या ७८६ हो । खासगरी पाकिस्तान, भारत र म्यानमारजस्ता दक्षिण र दक्षिणपूर्वी एसियामा बसोबास गर्ने मुस्लिमहरूले कुनै पनि कुराको लिखत शुरु गर्दा सबैभन्दा माथि ‘७८६’ लेख्ने चलन छ ।
उनीहरुले आफ्नो व्यवसाय वा कम्पनीको साइन बोर्ड र अन्य कागजातको सिरानमा यो संख्या उल्लेख गर्छन् । यो संख्याले मुस्लिमहरु कुरानमा ‘बिस्मिल्लाह अल–रहमान अल–रहिम’ को कूल संख्यात्मक मानलाई चित्रण गर्ने विश्वास गर्छन् । तर यो संख्या ७८६ मूलतः ‘अबजद’ भनिने अरबी संख्या विज्ञानको श्रृंखलाबाट सञ्चालित बताइन्छ ।
उक्त संख्या विज्ञानको मानक अब्जादी प्रणालीअनुसार, बिस्मिल्लाह अल–रहमान अल–रहिमका अक्षरहरूको कूल योग ७८६ हो । त्यसैले यो संख्या अधिकांश इस्लामहरुबीच निकै प्रचलित छ । तर, यो संख्या उनीहरुको पवित्र कुरानमा भने कहिँ कतै उल्लेख छैन ।
टिप्पणीहरू