भारतद्वारा धमाधम मिसाइल परीक्षण

भारतद्वारा धमाधम मिसाइल परीक्षण

भारतले ब्रहमोस– पीजे १० मिसाइलको सफल परीक्षण गरेको छ । गति र अन्य सबै प्रणालीको अद्भूत संस्करण भएको यो मिसाइलले कुनै पनि देशको राडारले यसको झलक देख्नुअघि नै आफ्नो काम पूरा गरिसकेको हुन्छ ।

करिब तीन टन तौल र नौ मीटर लामो यो क्षेप्यास्त्रले तीन सय केजी वारहेड लोड गर्न सक्छ । यसले एक घण्टामा झण्डै चार हजार किलोमिटरको ‘गति’ मा आफ्नो यात्रा गर्न सक्ने बताइन्छ ।

यो संसारको एकमात्र यस्तो मिसाइल हो जसले जमिनबाट जमिनमा, जमिनबाट आकाशमा र आकाशबाट जमिनमा प्रहार गर्न सक्छ ।
यो मिसाइल पनडुब्बी,जमिन, विमान जहाँबाट पनि प्रहार गर्न सकिने बताइएको छ । यसको पहिलो सफल परीक्षण सुखोई फाइटर जेटमार्फत् गरिएको हो ।

यसलाई भारतीय डिफेन्स रिसर्च एण्ड डेभलेपमेण्ट अर्गनाइजेशनले निर्माण गरेको हो ।

टिप्पणीहरू