मुस्लिम धर्मावलम्बीहरुको रमजान आजदेखि शुरु

मुस्लिम धर्मावलम्बीहरुको रमजान आजदेखि शुरु

मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजान आजदेखि शुरु भएको छ । रमजानको यो महिनामा मुस्लिम धर्मावलम्बी रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना गर्छन् ।

रमजानमा गरिब परिवारलाई दान, दक्षिणा दिइने चलन छ । रमजान महिनामा रोजा बस्ने समयसरणीअनुसार यो वर्ष मोटामोटी १४ घण्टा व्रत बस्नुपर्ने हुन्छ । हिजो नेपाली मुसलमानहरुले तराबिह नमाज पढेर आजदेखि व्रत बसेका हुन् ।

रमजान महिनामा इबादतका साथै आफूले वर्षभरि कमाएको हलाल रकमको साढे २ प्रतिशत जकात (दान) दिई गरिब परिवारलाई सहयोग गर्ने प्रचलन पनि छ ।

टिप्पणीहरू