चितवनमा बाघले मान्छे खायो
चितवनमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका एक जना पुरुषको बाघको आक्रमणबाट ज्यान गएको हो ।
बाघको आक्रमणबाट सुरेश विकको ज्यान गएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । माडी नगरपालिका–९, बाँदरझुलाका ३९ वर्षीय विकलाई हिजो साँझ बाघले खाएको हो ।
निकुञ्जका अधिकारीहरुका अनुसार भरतपुर महानगरपालिका–२३ स्थित निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा उनलाई बाघले आक्रमणबाट गरेको थियो । आफन्तको घरमा बस्दै आएका उनको घटनास्थलमा नै मृत्यु भएको हो । विकको शव नजिकैको हरियाली सामुदायिक वनमा भेटिएको थियो ।
टिप्पणीहरू