बाफलमा टाटाले किचेर एक जनाको मृत्यु, ड्राइभर भागे
काठमाडौँको बाफलमा विपरित दिशाबाट आइरहेका दुई सवारी साधन आपसमा ठोकिएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
आज अपरान्ह पौने ५ बजे कलंकीबाट स्वयम्भूतर्फ जाँदै गरेको टाटा गाडी र विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका-२ का किशोर सुवेदीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार टाटाले किचेर गम्भीर घाईते भएका उनको स्वयम्भूस्थित मनमोहन हस्पिटलमा साँझ सवा ५ बजे मृत्यु भएको हो ।
दुर्घटनापछि गाडी चालक भने फरार भएको प्रहरीले बताएको छ ।
टिप्पणीहरू