जुम्लाबाट कालिकोट हिँडेको जीप खोलामा खस्यो

जुम्लाबाट कालिकोट हिँडेको जीप खोलामा खस्यो

जुम्लाको तातोपानी गाउँपालिका–२ बाबिरामा जीप दुर्घटना भएको छ । जुम्ला सदरमुकाम खलंगादेखि कालिकोटको नाग्म जाँदै गरेको भे. १ ज १२२० नम्बरको जीप आज खोलामा खसेको हो ।

दुर्घटनामा जीपमा सवार सबै १० जना यात्रु घाइते भएको प्रहरीले बताएको छ । घाइतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याउँदै गरिएको छ । अहिले घाइतेको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताएका छन् ।

तीव्र गतिमा हुईंकिएको जीप सिधै सडकबाट खोलामा खसेको स्थानीय लोकबहादुर दमाइले जानकारी दिए ।

टिप्पणीहरू