आगलागीमा बालकको जलेर मृत्यु

आगलागीमा बालकको जलेर मृत्यु

सप्तरीको बोदेबर्साइन नगरपालिका–१०, अमरैंया टोलमा आज आगलागी हुँदा एक बालकको ज्यान गएको छ ।

स्थानीय फुसको घरबाट निस्केको आगो पक्की घरमा सल्किँदा स्थानीय शत्रुघ्न यादवका आठ वर्षीय छोरा शैलेशकुमार यादवको मृत्यु भएको हो ।

बालक घरभित्रै रहेको अवस्थामा शत्रुघ्नको चारकोठे घरमा एकाएक आगो सल्किएको थियो । बालक घरभित्रै भए पनि कसैलाई थाहा नभएपछि जलेर बालकको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आगलागी नियन्त्रणमा ढिलाइ हुँदा घरभित्र रहेका बालकको ज्यान गएको अनुमान गरिएको छ । दिउँसो ३ बजे भएको आगलागीको क्षतिको विवरण यकिन गर्न सकिएको छैन ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार आगलागीमा ज्यान गुमाएका शैलेशका बुबा वैदेशिक रोजगारमा विदेशमा छन् । आमा घरकै काममा व्यस्त भएको बेला बालकको मृत्यु भएको स्थानीयको भनाइ छ ।

टिप्पणीहरू