गीत गाउँदा गाउँदै माइकबाट करेन्ट छुट्यो

गीत गाउँदा गाउँदै माइकबाट करेन्ट छुट्यो

रौतहटमा बिबाहको पूजामा गीत गाउने क्रममा करेन्ट लाग्दा एक महिलाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् ।

दुर्गाभगवती गाउँपालिका-१ शिव मन्दिर टोल बस्ने ३० वर्षिया रम्घरिया देवीको करेन्ट लागेर हिजो मृत्यु भएको हो । प्रहरीका अनुसार सोही ठाउँ बस्ने नरेश राउतकी छोरीको विबाहको अवसरमा सामुहिक गीत गाउने क्रममा माइकबाट अचनाक करेन्ट आएको थियो ।

माइकबाट आएको करेन्टले रम्घरिया गम्भीर घाइते भएकी थिइन् । उनको शिवदर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते सात जनाको स्थानीय मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू