ग्याँस भर्ने क्रममा अक्सिजन प्लान्ट पड्कियो, एक जना ठहरै
ललितपुरको पाटन औधोगिक क्षेत्रभित्र सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट भएको छ । अक्सिजन ग्याँस भर्ने क्रममा आज बिहान १० बजे विस्फोट भएको हो ।
विस्फोटबाट एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको पाटनमा र एकजनाको बिएनबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । घाइतेको उद्धारका लागि प्रहरी घटनास्थल पुगेको छ ।
टिप्पणीहरू