मेक्सिकोमा कामदारहरुबीच झडप, ८ को मृत्यु
मेक्सिकोको एउटा सिमेण्ट कारखानामा भएको मजदुरहरुबीचको झडपमा कम्तिमा आठ जनाको ज्यान गएको छ । त्यहाँको हिडाल्गो राज्यको सिमेन्ट कारखानामा कार्यरत मजदुरहरुको दुई समूहबीच झगडा हुँदा उनीहरुको ज्यान गएको हो ।
झडपमा एक दर्जन घाइते भएका छन् । त्यहाँका कामदारहरूबीच लामो समयदेखि विवाद भएकाले स्थानीय समयअनुसार बुधबार राति झगडा भएको हो ।
टिप्पणीहरू