बसले ठक्कर दिँदा मोटरसाइकल चालकको निधन
सुनसरीमा बसले ठक्कर दिएका एक जना मोटरसाइकल चालकको निधन भएको छ । स्थानीय हरीनगर गाउँपालिका–४ स्थित हुलाकी राजमार्गमा भएको दुर्घटनामा मोटरसाइकल चालक बितेका हुन् ।
को.२३प ६६६७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको को.१ख ५३१४ नम्बरको बसले ठक्कर दिएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ४९ वर्षीय प्रदीप साहलाई तत्काल अस्पताल पुर्याइएको थियो ।
तर उनको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस चालक ३३ वर्षीय मोहम्मद रेम अन्सारी हुन् ।
टिप्पणीहरू