कसलाई छ र घरमै गुम्सिएर बस्ने रहर !
हाल विश्वलाई नै संत्रस्त बनाएको (कोभिड–१९) को संक्रामक महामारी आजका मिति सम्ममा विश्वको २१० देशमा पैmलिएको छ भने, २९ लाख २३ हजार १९१ भन्दा बढी मानिसहरु बिरामी भएका छन् । त्यस्तै २ लाख ३ हजार ३०८ भन्दा बढी मानिसहरु ‘नोबेल कोरोनाभाइरस’ (कोभिड–१९) को संक्रामक महामारीकै कारण मरेका छन् भने, ‘नोबेल कोरोनाभाइरस’ (कोभिड–१९) संक्रामक महामारीका कारण बिरामी भएका २९ लाख २३ हजार १९१ जनामध्ये ८ लाख ३७ हजार ५२७ जनाभन्दा बढी बिरामीहरु निको भएर फर्केका पनि छन् । त्यस्तै ५७ हजार ८८३ चानचुन मानिसहरु अभैm सिकिस्त बिरामी छन् । स्मरण रहोस्, यो तथ्यांक अप्रिल २६, २०२० को जिएमटी ०७ः२३ (नेपाली समय दिउँसो १ः१५ बजे) सम्मको हो भने यो तथ्यांक ‘वोल्र्डोमिटर’ नामक संस्थाबाट लिइएको हो ।
आज लगभग ४ महिना भएको छ, (कोभिड १९) ले विश्वलाई दुःख दिई रहेको ! सुरुमा चीनको दक्षिण–पूर्वी हुपेई प्रान्तको राजधानी वुहानबाट पैmलन सुरु भएको भनिएको ‘नोबेल कोरोनाभाइरस’ (कोभिड–१९)’ नामक संक्रामक भाइरसले टाउको उठाएको हो । तर, विस्तारै (कोभिड–१९) नामक संक्रामक भाइरसले टाउको उठाउँदै गएर लगभग एक महिनामै ७० भन्दा बढी देशमा पैmलिएको थियो । अहिले आएर त संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको १९५ र विश्वका अन्य साना टापु देशहरु गरी २२० वटा देशमध्ये २१० वटा देशमा (कोभिड–१९) को महामारी भाइरसको संक्रमण पैmलिसकेको छ भने, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले (कोभिड–१९) लाई विश्वभरि पैmलिएको वा पैmलन सक्ने महामारी (प्यान्डेमिक) भनी गत मार्च ११ मा घोषण गरेको थियो ।
खासमा मर्नदेखि नडराउने मान्छे त यो संसारमा को नै हँुदो हो र ? त्यसमाथि हामी नेपालीहरु ! बाँचेर अरु केही गर्न नसके तापनि ‘खान र धरतीलाई बोझ हुनकै लागि मात्रै भए पनि !’ हामीलाई बाँच्ने रहर हुन्छ । त्यसैले नेपालको केन्द्रीय राजधानी काठमान्डौबाट लकडाउन अघि नै लभगभग ६ लाख मानिसहरु आ–आप्mनो थातथलो लागिसकेका थिए भने, भारतीय सीमा नाकाबाट पनि त्यही ताका डेढ लाखभन्दा बढी नेपालीहरु भित्रिएका थिए । ती मानिसहरुलाई लाग्यो होला कोरोनाको कहर र संक्रामक भाइरसबाट बच्नका लागि गाउँ नै सुरक्षित हुन्छ ! हुन त लकडाउनपछि पनि हजारौं मानिसहरु नेपालको विभिन्न (खासगरी ठूला, मझौला र सहरीकरण हुँदै गरेको स–साना बजार भएको ठाउँ र, धेर–थोर उद्योग–धन्दा खुलेका क्षेत्रबाट) लाखौं मानिसहरु आ–आप्mनो थातथलो फर्केका थिए/छन् ।
अर्को के भने, नेपाल सरकारले यो पंक्तिकारलाई ठूलै अपराध गरेको नठानेमा एउटा कुरा त म आपूmले पनि लेख्नैपर्ने देख्छु । त्यो के भने, नेपालमा लकडाउन लागू गर्नुअघि अरु देशका ६५ वटा हवाई उडान बन्द गरिएको भए तापनि त्यसबीचमा सिंगापुर, थाईल्यान्ड, भारत, चीन, कोरिया लगायत देशबाट हवाई उडान निर्वाध रुपमा चलेको थियो । अब ती देशबाट आएका हजारौं हवाई यात्रुहरु क–कसका छोराछोरी, नाति–नातिना, नाता–गोता, आफन्त र छर–छिमेकी थिए ? भन्नेतिर नगएर ती भद्र–भलादमी नेपालीहरुले ‘कोरोनाभाइरस’ नामक संक्रामक भाइरसको संक्रमण लिएर आएका थिएन/छैनन् भन्ने के ग्यारेन्टी छ, सरकार ? अझ रोचक कुरो के भने, केही दिनअघि आएको समाचारअनुसार त्यसरी विदेशबाट आएका भद्र–भलादमीमध्ये ९१ जना मान्छेहरु सहरबजार र गाउँघरमा अभैm भूमिगत छन्, प्रहरीले धुईँपत्ताल खोज्दा पनि उनीहरुलाई भेटिएको छैन !
नभन्दै नेपालको सुदूरपश्चिममा गत चैतको १५/१६ मै ‘स्टेज–२’ को अवस्था सुरु भएको थियो । फेरि चैतको २३/२४ ताका काठमाण्डौमै कोरोना भाइरस डिजिज–१९ अर्थात् (कोभिड–१९) को संक्रमणले ग्रसित एकै परिवारमा ३ जना देखा परे । फेरि चैतको २८/२९ ताका उदयपुर जिल्लामा १२ जनाभन्दा बढी मानिसहरुमा (कोभिड–१९) रोगको संक्रमण अर्थात् (कोभिड–१९) को पोजिटिभहरु देखा पर्यो । त्यसपछि पर्साको वीरगन्ज, झापा, भोजपुर, … हँुदै नेपालको पूर्व–पश्चिम, मध्य (हिमाली जिल्लाबाहेक) हालसम्म नेपालमा ५१ जना नेपालीहरुमा (कोभिड–१९) को संक्रमण देखा परी सकेको छ । त्यमध्ये १२ जना निको भएर फर्केकाहरु पनि छन् ।
कोभिड–१९को सुरु कथा
चिनियाँ डाक्टर तथा लेखक प्रा.डा. वाङ चुङले कोरोनाभाइरसबारे लेखेको लेख सहयोगी रातोपाटी अनलाइनले २ फागुन, २०७६ मा प्रकाशित गरेको थियो । उनले आप्mनो सो लेखमा उल्लेख गरेअनुसार, सन् २०१९ को डिसेम्बर–२६ मा ‘शांघाई सार्वजनिक स्वास्थ्य क्लिनिकल सेन्टर’को वैज्ञानिक अनुसधान परियोजनाले ऊहान सहरीया केन्द्रीय अस्पताल तथा ऊहान रोग नियन्त्रण र रोग रोकथाम केन्द्रबाट पठाइएको अस्पस्ट कारणले ज्वरो लागेको बिरामीको नमुना संकलन गरेको थियो । डिसेम्बर २६ मै हुबेई प्रान्तको परम्परागत चिनियाँ र पश्चिमी चिकित्साको एकीकृत अस्पताल अन्तर्गत श्वासप्रश्वास चिकित्सा विभागका निर्देशक झाङ जि सियनले आप्mना बिरामीहरुलाई उपचार गराउने क्रममा ४ जना असामान्य निमोनिया लागेका विरामी भेटे । यसरी ‘कोरोनाभाइरस निमोनिया’को प्रकोप आकस्मिक रुपमा सुरु भयो । जसलाई सुरुमा ‘नोबेल कोरोनाभाइरस’ (एनसीपी) नाम दिइयो भने, हाल ‘कोरोनाभाइरस डिजिज–२०१९’ को छोटकरी नाम (कोभिड–१९) ले चिनिन्छ । यसरी (कोभिड–१९) रोगको महामारी भाइरस चीनबाट औपचारिक रुपमा सुरु भएको मानिन्छ वा भनौं चीन सरकारले औपचारिक रुपमा स्वीकार गरेको हो ।
यसरी हेर्दा हाल विश्वलाई नै संत्रस्त बनाएको (कोभिड–१९) को संक्रामक महामारीबाट कसरी बच्ने त ? भन्दा अहिलेको अवस्थामा ‘लकडाउन’ र ‘सोसल डिस्टेन्स’ भन्दा अर्को उत्तम उपाय देखिदैन । त्यही भएर पनि होला, औषधि विज्ञान लगायत विज्ञान र प्रविधिको अनेक क्षेत्रमा ठूल–ठूलो क्रान्ति वा भनौं परिवर्तन गरी सकेका र विश्वको मै हुँ भन्ने अमेरिका (पूरै देशमा नभएर केही राज्यमा), बेलायत, इटली, फ्रान्स, स्पेन, जर्मनी लगायत विकसित देशहरु र भारत, श्रीलंका, नेपाल लगायत देशहरुले पनि आप्mनो देशमा (कोभिड–१९) को संक्रामक महामारी ठूलो पैमानामा नपैmलियोस्, आप्mनो जनताहरु कम बिरामी हुन्, आप्mनो देशको जनधनको कम क्षति होस् भन्नका लागि ‘लकडाउन’ र ‘सोसल डिस्टेन्स’ लाई नै प्राथमिकता दिएका छन् ।
त्यसैले माथि शीर्षकमा भएिभैmँ ‘कोरोनाको कहरः कसलाई छ र घरमै गुम्सिएर बस्ने रहर !’ भन्दा–भन्दै पनि अहिलेको अवस्थामा (कोभिड–१९) को संक्रामक महामारीबाट बच्न ‘लकडाउन’ र ‘सोसल डिस्टेन्स’ भन्दा अर्को उत्तम उपाय नभएकोले ‘कोरोनाको कहर सहँदै घरमै गुम्सिएर बसौं है कमरेडहरु !’ खासगरी विषय विज्ञहरुले (कोभिड–१९) को संक्रामक महामारीबाट बच्न अब ‘लकडाउन’ र ‘सोसल डिस्टेन्स’ खुल्ला गर्दा हुन्छ ! नभनेसम्म त हाम्रा लागि अर्को उत्तम विकल्प केही देखिँदैन । तर, ‘लकडाउन’ र ‘सोसल डिस्टेन्स’ अवधिभरि आप्mनो देशका जनताहरु भोको, नाङ्गो, औषधोपचार र आधारभूत आवश्क्तताहरुको अभावमा नरहून् भनेर सम्बन्धित देशका सरकारले ध्यान पुर्याउनै पर्छ । देश हाँक्नेहरुले कम्तिमा ‘लकडाउन’ र ‘सोसल डिस्टेन्स’ अवधिभरि आप्mनो देशका जनताहरु भोको, नाङ्गो, औषधोपचार र आधारभूत आवश्क्तताहरुको अभावमा नरहून् भनेर प्रभावकारी कदम चाल्न सक्दैन र व्यवस्थापन गर्न सक्दैनन् भने, ‘बाँच्ने बाँच्छन्, मर्ने मर्छन !’, लकडाउन खुल्ला गरे हुन्छ । कि सो हौ, क्रान्तिकारी कामरेडहरु ???
टिप्पणीहरू