चट्याङ लागेर २ जना बिते, ३ जना घाइते

चट्याङ लागेर २ जना बिते, ३ जना घाइते

चट्याङ लागेर हिजो दुई जनाको ज्यान गएको छ । उदयपुरको कटारी नगरपालिका–११ गोठडाँडा बस्ने ४५ वर्षीया भक्तकुमारी बुढाथोकीको चट्याङबाट ज्यान गएको हो ।

घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यता, बागलुङको ढोरपाटन नगरपालिका–७, गाल्ढुङ बस्ने १९ वर्षीय बालचन्द्र विकको चट्याङ लागेर निधन भएको छ ।

उक्त ठाउँमा परेको चट्याङबाट बालचन्द्रसहित चार जना घाइते भएका थिए । तर, घाइते विकको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा मृत्यु भएको हो ।

अन्य घाइतेलाई थप उपचारको निम्ति मिसन अस्पताल पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

टिप्पणीहरू