ट्रयाक्टरबाट खसे, अस्पताल पुगेपछि बिते

ट्रयाक्टरबाट खसे, अस्पताल पुगेपछि बिते

सिरहामा ट्रयाक्टरबाट खसेर एक जना किशोरको ज्यान गएको छ । गोलबजार नगरपालिका–६ लभटोलीमा हिजो साँझ ट्रयाक्टरबाट खसेर रामरिजन सदायको मृत्यु भएको हो ।

स्थानीय १६ वर्षीय सदाय ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा गोलबजारस्थित अस्पतालमा मृत्यु भएको हो ।

प्रदेश २–०१–००१ त ०६७५ नम्बरको ट्रयाक्टरमा सवार सदाय हिजो साँझ ट्रयाक्टरबाट खसेका प्रहरीले जनाएको छ ।

ट्रयाक्टर सहित चालकलाई प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू