चौरासीपछि चाहिँ के त ?
मुलुककै दोस्रो ठूलो संसदीय दल तथा वामपन्थीमध्ये सबैभन्दा ठूलो पार्टी एमालेले अल्पकालीन राजनीतिक कार्यक्रममार्फत् जनतामाझ आफूलाई स्थापित गर्न खोजेको छ ।
२०८४ सालको संसदीय निर्वाचनमा बहुमत ल्याएर सत्ता कब्जा गर्ने उसको एकमात्र अर्जुन दृष्टि देखिन्छ । तर २०८४ पछि के गर्ने भन्ने योजना देखिन्न । यसै अन्तर्गत जरा अभियानका नाममा सदस्यता नवीकरण र विस्तार, टोल कमिटी गठन र एक तिहाइ युवा समेट्ने प्रयास, २०८४ मा एकल बहुमत दिलाउने गरी राजनीतिक ध्रुवीकरण अभियान, घर फर्क–पार्टी प्रवेश…