कोटिहोम
पशुपतिको कोटीहोममा पौने करोड घाटा लागेको हिसाब प्रस्तुत
पशुपतिमा सम्पन्न एक महिने कोटिहोममा घाटा लागेको हिसाब देखाइएको छ । मुख्य आयोजक विजय कृष्णमूर्ति भनिने विजय भण्डारीले आज हिसाब सार्वजनिक गर्दै ७२ लाख ५० हजार घाटा लागेको विवरण प्रस्तुत गरेका हुन् । विवरणअनुसार कोटिहोममा २० करोड १५ लाख ८२ हजार संकलन भएको थियो । २० करोड ८८ लाख ३२ हजार खर्च भएको भण्डारीको दावी छ । सबैभन्दा बढी खर्च स्वयंसेवक परिचालनमा खर्च भएको भण्डारीको विवरणमा उल्लेख छ । उनका अनुसार कोटिहोमको पूर्वतयारी र समापनको अवधि (१० महिना)सम्म…