महासचिव देव गुरुङ
नेपाल दोस्रो युक्रेन बन्ने खतरा बढ्दै गएको माओवादी र समाजवादीको ठहर
माओवादी केन्द्रका महासचिव देव गुरुङले एमसीसीको नीतिलाई खबरदारी नगरे नेपाल दोश्रो युक्रेन बन्ने खतरा रहेको बताएका छन् । आज नेपाल कम्युनिष्ट पार्टीको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले एमसीसीलाई प्रतिवाद गर्नुपर्ने बताएका हुन् । अमेरिकाले चीनलाई घेराबन्दी गर्न सैन्य रणनीति अन्तर्गत नेपालमा एमसीसी ल्याएको गुरुङले दावी गरे । ‘अमेरिकाको रणनीतिमा बस्यो भने नेपाल दोस्रो युक्रेन बन्ने खतरा छ’, उनले भने, ‘सम्पूर्ण शक्तिहरू एकढिक्का भएर प्रतिवाद गर्नुपर्छ, प्रतिवा…