हिसाब गोलमालपछि मन्त्रीले प्राधिकरणको डीडीए गराउने
कुलमान घिसिङको ठाउँमा आएका हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरण घाटामा गएको हिसाब देखाएसँगै उत्पन्न विवादबारे विभागीय मन्त्रीले प्रतिक्रिया दिएका छन् ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले प्राधिकरणको अहिलेको यथार्थ अवस्था श्वेतपत्रमार्फत बाहिर ल्याएको बताए । प्राधिकरणको वित्तीय विवरण र सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डीडीए) गरिने पनि उनले जनाएका छन् ।
विद्युत प्राधिकरण घाटामा गएको हो ? भन्ने प्रश्नमा मन्त्री खड्काले अहिलेको यथार्थ अवस्था सार्वजनिक गरिएको …