आफ्नै कर्मचारीमाथि उर्जामन्त्रीको आक्रोश
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मातहतका कर्मचारीको कामप्रति असन्तुष्टि जनाएका छन् ।
आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले कर्मचारीमा समर्पण भाव नदेखिएको भन्दै आलोचना गरेका हुन् । मन्त्री खड्काले यस्तो प्रवृत्ति समयमै सुधार नगरे देश नै जटिल मोडमा पुग्ने चेतावनी दिए ।
व्यक्तिगत जिम्मेवारीबारे आत्मसमीक्षा गर्न कर्मचारीहरूलाई सुझाव दिएका उनले विदेश भ्रमण, रिफ्रेसमेन्ट र औपचारिकतामा समय खर्चिए पनि कार्यसम्पादनको सन्दर्भमा प्रगति नदेखिएको गुनासो गरेका थिए । कामम…