प्रेम आलेमगर, शेरबहादुर देउवा

आलेले देउवालाई झुक्याउन खोज्दा

डोटीबाट लगातार तीन पटक जित्न सफल प्रेम आलेमगरले कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई झुक्याउन खोजेको तथ्य बाहिर आएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउने र माधव नेपाल नेतृत्वको नेकपा ( एकीकृत समाजवादी) सहितका दल फुटाउने चर्चा चलिरहेका बेला आले देउवाको घर बूढानीलकण्ठमा पटकपटक गएका थिए । सो क्रममा उनले अध्यादेश ल्याउनुस्, समाजवादी छोडेर हामी कांग्रेसमा आउँछौँ भनेका थिए ।  आलेको त्यो भनाइलाई धेरै दिन चुपचाप सुनेर देउवाल…