अमर अधिकारी

मलाई मालपोत हाकिमको कुर्सी किन मन परेन ?

२०७५ सालमा मलाई सरकारले बाराको सिम्रौनगढस्थित मालपोत अधिकृतमा पदस्थापन गर्‍यो । तर, त्यहाँ कार्यालय थिएन । यसरी कार्यालय नै नभएको ठाउँमा सरुवा गरिएपछि रनभुल्लमा परेँ । साथीहरूले भने, ‘रमाना लिएर जानुस्, दुई वर्षको अवधिमा करोड कमाइ हुन्छ ।’ कार्यालय नै नभएको ठाउँमा कहाँ हाजिर हुने भन्दै गुनासो गरेपछि विभागले रोल्पामा ६ महिनाका लागि काज खटायो । त्यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो थियो, देशभर त्रास थियो । विभागले रोल्पा पठाएपछि आफ्नो जिल्…