टीकापुर विमानस्थल

टीकापुरबाट काठमाडौं आउने हवाई यात्रुलाई नेपालगञ्जमा ‘ट्रान्जिट’

कैलालीको टीकापुर विमानस्थल सञ्चालनमा आउने भएको छ । तत्कालीन जनआन्दोलनको कारण २०४६ सालमा बन्द भएको यस विमानस्थल ३५ वर्षपछि सञ्चालनमा ल्याउन लागिएको जनाइएको छ । टीकापुर नगरपालिकाको सक्रियतामा विमानस्थल सञ्चालनको तयारी पूरा भएको नगर प्रमुख रामलाल डगौरा थारुले बताएका छन् । उनका अनुसार तारा एयर र यती एयरसँगको सहकार्यमा विमानस्थल सञ्चालन हुन लागेको हो ।  आगामी आइतबार (मंसिर ३०)तारा एयरको जहाजले पहिलो उडान गर्ने बताइएको छ । त्यसपछि दोस्रो उडान बिहीबार हुनेछ । …