सुप्रिम सहकारी घोटाला

पोखरामा छुटेकै दिन बुटवलमा मुद्दा तयार

सुप्रिम सहकारी घोटालामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिललाई बुझाएको छ । इलाका प्रहरी कार्यालय बुटवलले उक्त सहकारीको बचत हिनामिना सम्बन्धमा गरेको लामो अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा आज प्रतिवेदन पेश गरेको छ । जिबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्क प्रालिमा सहकारीको रकम गैरकानुनी ढंगले प्रवाह गरेको आरोपमा प्रहरीले उक्त कम्पन…