शेरबहादुर देउवा
ओलीको माया लाग्छ भन्दै सरकारको विरोधमा नबोल्न निर्देशन
गत असार १७ गते एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति अनुसार एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री छन् भने गठबन्धन तलमाथि नभएमा अबको करिब १७ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । तर, कांग्रेसका दोस्रो तहका नेताहरुले खुलेयाम सरकारको आलोचना गर्न थालेपछि प्रधानमन्त्री ओलीले सभापति देउवामार्फत् चुप लगाइरहेको अवस्था छ । कांंग्रेस नेतृत्वले पार्टीका नेताहरुलाई किन सरकारविरुद्ध नबोल्न निर्देशन दिइरहेको छ त ? कारण हो- जसोतसो ओलीको पालो सकाएर आफ…