नेपाल स्टक एक्सचेञ्ज लिमिटेड
नेप्सेको हाकिममा कर्मचारीको चासो
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा योग्य व्यक्ति नियुक्त गर्न नेप्से कर्मचारी संघले आग्रह गरेको छ । आगामी माघ २५ गते नेप्सेका वर्तमान सिईओ कृष्णबहादुर कार्कीको कार्यकाल सकिँदैछ । उनको कार्यकालमा समस्या सुल्झिने भन्दापनि झन् बल्झिएको भन्दै संघले पूँजी बजारको विषयमा राम्रो ज्ञान भएको व्यक्तिलाई नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएको हो । संस्थाको पुनःसंरचना गर्ने, साना तथा मझौला कम्पनीको सेयर कारोबार गर्ने–गराउने, नयाँ कारोबार …