पञ्जीकरण विभाग

परिचयपत्र सेवा ठप्प, सेवाग्राही मर्कामा

राष्ट्रिय परिचयपत्र (नेशनल कार्ड) सम्बन्धी सेवा ठप्प भएपछि सर्वसाधारण मर्कामा परेका छन् । पञ्जीकरण विभागको सर्भरमा उत्पन्न समस्या समाधान हुन नसकेपछि सेवा लिन पुगेका आम नागरिक मारमा परेका हुन् । विभागका अनुसार सेवा सुचारु हुन अझै केही दिन लाग्ने छ ।  विभागको राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको सर्भर डाउन भएपछि हिजो बिहानदेखि परिचयपत्रसम्बन्धी सेवा बन्द गरिएको हो । शुरुमा बेलुकासम्म सेवा सूचारु गर्ने भनिएपनि मर्मत कार्य गर्न अझै समय लाग्ने भएको छ ।  व…