अजय गोर्खाली
गाई काट्नेहरुमाथि मुद्दा
देवताले अन्न तथा फलाहार गरेको र राक्षसले अरुलाई मारेर रगतमासु हाडछाला लुछेका कथा धार्मिक ग्रन्थहरूमा सुन्दै/देख्दै आएको हो । तथापि, स्वाद र सन्तुष्टिका लागि कुखुरा, हाँस, बाख्रा, राँगाभैंसीलगायत अन्य प्राणीलाई मारेर खाने स्वभावमै मानिस रमाइरहेका हुन्छन् । हिन्दू धर्ममा गाईलाई भने माताकै रुपमा पुज्ने चलन छ । तर, मानिसहरू हिंस्रक हुँदै जाँदा गाई, गोरुसमेत मारेर मासु खान पछि परेनन् नेपालमा पनि । दुई महिनाअघि मात्रै तिहारमा लक्ष्मीमाताको प्रतीककी रुपमा पुजिएकी …