चन्द्रकुबेर खापुङ
‘इमान्दारीसाथ गरेको कर्तव्य निर्वाहमा सजाय गर्न मिल्दैन’
आफूविरुद्ध सर्वोच्च अदालतमा परेको एक रिट निवेदनबारे लिखित जवाफ बुझाउँदै नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले भदौ २३ गतेको प्रदर्शन र २४ गतेको विध्वंशमा प्रहरी कर्मचारीले इमान्दारीसाथ कर्तव्य निर्वाह गरेको दाबी गरेका छन् । राज्यले तोकेको कानुनी परिधिभित्र रहेर कर्तव्यपालन गरेको अवस्थामा प्रहरीमाथि कारबाही गर्न नमिल्ने उनको जिकीर छ । भदौ २३ गतेको घटनामा अत्यधिक बल प्रयोग गरेर २२ जनाको ज्यान गएको भन्दै प्रहरीको चर्को आलोचना गरिएपछि खापुङले सर्वोच्…