गोकर्णमण्णि दुवाडी
पूर्व गृहसचिवको दाबी : गोली चलाउनु बाध्यात्मक अवस्थाको उपज
पूर्व गृहसचिव गोकर्णमण्णि दुवाडीले गत भदौ २३ गतेको जेन–जी प्रदर्शन र २४ गतेको विध्वंशका क्रममा भएको घटनामा आफूले कानूनअनुसार कर्तव्य निर्वाह गरेको दाबी गरेका छन् । सर्वोच्च अदालतमा दायर रिट खारेजीको माग गर्दै उनले सर्वोच्चमा पेश गरेको लिखित जवाफमा सुरक्षाकर्मीहरूले आत्मरक्षा र हातहतियार–गोलाबारुदको सुरक्षाका लागि आवश्यक कदम चाल्न बाध्य परिस्थिति उत्पन्न भएको उल्लेख गरेका हुन् । अर्घाखाँचीका मकबुल मिया र दोलखाका डम्बरप्रसाद शिवाकोटीले दायर गरेको रिटमा जेन–ज…