विद्यादेवी भण्डारी

एमालेका प्रतिनिधि धमाधम भंगालतिर

नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुन काठमाडौँ आइपुगेका केही प्रतिनिधिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न थालेका छन् ।  काठमाडौँ उपत्यकामा रहेका र बाहिर जिल्लाबाट आएका एक दर्जन प्रतिनिधि हिजाे भंगाल पुगेर भण्डारीसँग भेट गरेका थिए । आज पनि त्योक्रम जारी रहेको छ ।  अस्ति मधेशबाट फर्किनुभएकी भण्डारी हिजो थापागाउँस्थित सम्पर्क कार्यालयमा जानुभएको थियो । त्यहाँ पनि तीनजना प्रतिनिधिले डेढ घण्टा कुराकानी गरेको बुझिएको छ । ‘विधान महाधिवे…